“भविष्यका लागि बचत, बचतका लागि पिपुल्स” भन्ने मूल नाराका साथ सदस्यहरुको आर्थिक र सामाजिक उन्नति र प्रगनिमा समर्पित हुने उद्देश्यले डिभिजन सहकारी कार्यालय धुलिखेलबाट २०६२ फागुन १९ मा विधिवत रुपमा दर्ता गरि स्थापित यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड “हामी र हाम्रो पिपुल्स” अभियानका साथ यहाँहरुको सथामा रहेको छ । स्थापना काल देखि हाल सम्मको सम्पूर्ण कार्य प्रगतिहरुको मूल्याङ्कन र विश्लेषन गर्दा समग्रमा संस्थाको आर्थिक कारोबार, सदस्य संख्या, मानव संसाधन, भौगोलिकता तथा वैधानिकता लगायत संस्थाको समग्र व्यवसायिकता, क्षमता, दक्षता र परिपक्वतामा उल्लेखनीय विकास भएको छ । तसर्थ दीर्घकालिन रुपमा संस्थाप्रति जन समुदायको साथ र विश्वासलाई अझ मजबुत बनाउँदै संस्थाको आर्थिक र व्यवसायिक क्षमतालाई थप वृद्घि गर्ने उद्देश्यले शिप मुलक तालिम, स्वास्थ्य, सरसफाइ आदि कार्यक्रमहरु गर्दै आएको छ । हाल संस्थाको मुख्य कार्यालय बनेपा–८, तीनदोबाटोबाट आफ्नो सोवाहरु दिदै आएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा न.पा., धुलिखेल न.पा., नमोबुद्ध न.पा., पनौती न.पा., मण्डनदेउपुर न.पा., पाँचखाल न.पा. वडा नं.१३ बाहेक सबै, बेथानचोक गा.पा.वडा नं.६ बाहेक सबै, रोशी गा.पा.वडा नं.७,८,९, भुम्लु गा.पा.वडा नं.९,१० र खानीखोला गा.पा. १,२ रहेको छ ।