“भविष्यका लागि बचत, बचतका लागि पिपुल्स” भन्ने मूल नाराका साथ सदस्यहरुको आर्थिक र सामाजिक उन्नति र प्रगनिमा समर्पित हुने उद्देश्यले डिभिजन सहकारी कार्यालय धुलिखेलबाट २०६२ फागुन १९ मा विधिवत रुपमा दर्ता गरि स्थापित यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड “हामी र हाम्रो पिपुल्स” अभियानका साथ यहाँहरुको सथामा रहेको छ । स्थापना काल देखि हाल सम्मको सम्पूर्ण कार्य प्रगतिहरुको मूल्याङ्कन र विश्लेषन गर्दा समग्रमा संस्थाको आर्थिक कारोबार, सदस्य संख्या, मानव संसाधन, भौगोलिकता तथा वैधानिकता लगायत संस्थाको समग्र व्यवसायिकता, क्षमता, दक्षता र परिपक्वतामा उल्लेखनीय विकास भएको छ । तसर्थ दीर्घकालिन रुपमा संस्थाप्रति जन समुदायको साथ र विश्वासलाई अझ मजबुत बनाउँदै संस्थाको आर्थिक र व्यवसायिक क्षमतालाई थप वृद्घि गर्ने उद्देश्यले शिप मुलक तालिम, स्वास्थ्य, सरसफाइ आदि कार्यक्रमहरु गर्दै आएको छ । हाल संस्थाको मुख्य कार्यालय बनेपा–१०, सेतोपाटी चोक, सेवा कार्यालय बनेपा–८ चाँदनी चोक बाट आफ्नो सोवाहरु दिदै आएको छ । संस्थाको कार्यक्षेत्र बनेपा, धुलीखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका सबै वडाहरु त्यस्तै बेथानचोक, खानिखोला, रोशी, र भुभ्लु गाउँपालिका रहेको छ ।