“भविष्यका लागि बचत, बचतका लागि पिपुल्स” भन्ने मूल नाराका साथ सदस्यहरुको आर्थिक र सामाजिक उन्नति र प्रगनिमा समर्पित हुने उद्देश्यले डिभिजन सहकारी कार्यालय धुलिखेलबाट २०६२ फागुन १९ मा विधिवत रुपमा दर्ता गरि स्थापित यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड “हामी र हाम्रो पिपुल्स” अभियानका साथ यहाँहरुको सथामा रहेको छ । स्थापना काल देखि हाल सम्मको सम्पूर्ण कार्य प्रगतिहरुको मूल्याङ्कन र विश्लेषन गर्दा समग्रमा संस्थाको आर्थिक कारोबार, सदस्य संख्या, मानव संसाधन, भौगोलिकता तथा वैधानिकता लगायत संस्थाको समग्र व्यवसायिकता, क्षमता, दक्षता र परिपक्वतामा उल्लेखनीय विकास भएको छ । तसर्थ दीर्घकालिन रुपमा संस्थाप्रति जन समुदायको साथ र विश्वासलाई अझ मजबुत बनाउँदै संस्थाको आर्थिक र व्यवसायिक क्षमतालाई थप वृद्घि गर्ने उद्देश्यले शिप मुलक तालिम, स्वास्थ्य, सरसफाइ आदि कार्यक्रमहरु गर्दै आएको छ । हाल संस्थाको मुख्य कार्यालय बनेपा–१०, सेतोपाटी चोक, सेवा कार्यालय बनेपा–८ चाँदनी चोक बाट आफ्नो सोवाहरु दिदै आएको छ । संस्थाको कार्यक्षेत्र बनेपा, धुलीखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका सबै वडाहरु त्यस्तै बेथानचोक, खानिखोला, रोशी, र भुभ्लु गाउँपालिका रहेको छ ।
आ.व. २०७४÷०७५ कूल सदस्य संख्या ः
(३.१) महिलाको संख्याः १६७२
(३.२) पुरुषको संख्या ः २१३५
(३.३) अन्य संस्था ः ४५
(३.४) बाल बचत कर्ता ः ६०७
पिपुल्स नै किन ?
- पिपुल्स साकोस र उज्यालो साकोस बीच एकीकरण भई सक्षम र बलियो रुपमा सफालतापूवक संचालन हुदै नमुन संस्थाको रुपमा अग्रसर संस्था ।
- ११ विधा भन्दा वढि शीर्षकमा उत्कृष्ट सदस्यहरुलाई सम्मानित गर्दै आएको संस्था ।
- विभिन्न संघ तथा ब्यापारिक प्रतिष्ठानहरुमा सदस्यहरुलाई विशेष छुटको ब्यवस्था गर्दै आएको संस्था ।
- रेमिट्यान्स एवं मनी ट्रान्सफरको ब्यवस्था भएको संस्था ।
- विभिन्न शिप मुलक तालिम, सहकारी शिक्षा, जन चेतना मुलक कार्यक्रमहरु, प्रतिभा प्रष्फुठन गर्ने खालका कार्यक्रम तथा व्यवसाय प्रबद्र्धनात्मक
कार्यक्रम गर्ने संस्था । - छोटो अवधिमै चार हजार भन्दा बढी सदस्यहरुलाई बढी भन्दा बढी प्रतिफल र सेवा दिएर अघि बढेको संस्था ।
- सहकारी भावनाले अभिप्रेरित विभिन्न क्षेत्रमा संलग्न स्थानीय सक्रिया युवाहरुद्वारा संचालित संस्था ।
- अनुभवि एवं लामो समय देखि कर्तव्यनिष्ट कर्मचारीहरु कार्यरत संस्था ।
- बाल सदस्यहरुलाई बचतमा उत्पे्ररित गर्न निशुल्क खुत्रुके, हरेक जन्म दिवसको पउलक्ष्यमा कार्ढ तथा उपहार प्रदान गर्दै आएको संस्था ।
- बाल बचत, जेष्ठ नागरिक र नारी बचतमा अतिरीक्त व्याज दरको व्यवस्था गर्दै आएको संस्था ।
- छोटो अवधि देखि दीर्घकालिन(१५ बर्षे) सबै प्रकारका बचत योजनाहरु संचालन गर्ने संस्था ।
- स्वास्थ्य उपचार कर्जामा तीन महिना सम्म निःशूल्क तथा र्निव्याजी कर्जा प्रदान गर्ने संस्था ।
- पल्र्स अनुगमन विधि अपनाइएकोमा अधिकांश सूचक मापदण्ड अनुरुप भएकोले निरोगी संस्था ।
- संध्याकालीन काउण्टर सेवा रहेको संस्था ।
- बाल बचत कर्ता मध्ये बाट एस.इ इ.सी मा उत्कृष्ट नतिजा ल्याउने लाई सम्मान गर्ने संस्था ।
- प्रत्येक महिनाको पहिलो शनिवार कारोबारका लागि संस्था खोल्ने सस्था ।
- पारदर्शी ढंगले आधुनिक ज्ञान र प्रविधिलाई अङ्गीकार गर्दै अत्याधुनिक कम्पुटर सफ्टवेयरबाट सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको संस्था ।