संस्थाको सहकारी शिक्षा तथा समाज कल्याण उप–समितिको आयोजनामा नयाँ सदस्यका निमित्त सदस्य शिक्षा शिविर तथा आ. व. २०७८÷०७९को संरक्षित पूँजी कोष वितराण कार्यक्रम मिति २०७९ मंसिर २४ गते, शनिबार, संस्थाकोे कार्यालय, बनेपा–८, तीनदोबाटामा सफलता पूर्वक सम्पन्न भयो । बिहान ११ः३० बजे देखि ३ः३० बजे सम्म सञ्चालन भएको कार्यक्रममा महिला ११ जना र पुरुष २३ जना गरि जम्मा ३४ जना सदस्यको उपस्थिती रहेका थियो । संचालक समिति, लेखा समिति, सल्लाहकार समिति, उप–समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने माहनुभावहरुको सकृय उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य संचालक सदस्य तथा कार्यक्रम संयोजक श्री द्वारीका गौतमले राख्नु भएको थियो ।
सदस्य शिक्षा विषयमा बरिष्ठ सहायक श्री सालु बादेबाट संस्थाका बचत योजना ऋण अधिकृत श्री अमृत नापितबाट कर्जा लागानी असुली एवं लागानी प्रक्रिया त्यस्तै प्रबन्धक श्री नवराज सापकोटाबाट सहकारी इतिहास र सहकारीको महत्व एवं प्रमुख सल्लाहकार श्री नवराज के.सी.बाट समग्र सहकारीको बर्तमान अवस्था बिषयमा प्रस्तुति गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष पवनराज कणजीत, कोषाध्यक्ष सन्तोष कुमार घिमिरे र सञ्चालक सदस्य कपिल प्रसाद दुलाल उपस्थित रहनु भएको थियो ।
संस्थाका अध्यक्ष श्री निरान शाक्य एवं उक्त कार्यक्रमका सभापतिबाट सम्पूर्ण सहभागिलाई कार्यक्रम सफलता पूवर्क सम्पन्न गराउन सहयोग गर्नृु भएकोमा हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो । गत आ. व. देखि गरिदै आयको यस कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाले लिएकोे छ ।
सोहि कार्यक्रमका वीच संरक्षित पूँजि फिर्ता कोष रकम वितरण अन्र्तगत भार बमोजिमको कर्जा तर्फ बढि रकम पाउने १० जना र बचत तर्फ बढि रकम पाउने १० जना सदस्यहरुलाई उक्त कोषबाट रकम समेत वितरण गरियो ।