1
previous arrow
next arrow
1
2
3
4
5
previous arrow
next arrow

 

यस संस्थाको सहकारी शिक्षा तथा समाज कल्याण उप–समितिद्धारा मिति २०७५ माघ २६ गते शनिवार आयोजित कृषि तथा पशुपालन अध्ययन अवलोकन भ्रमण श्रीरामपाटी, पाँचखाल, काभ्रे स्थीत हाई हिमालयन नर्सरी एण्ड एग्रो फार्ममा विविध अध्ययन अवलोकन गरी सम्पन्न भयो । सो कार्यक्रमा समिति, लेखा समित, अयोजक उप–समिति, अन्य उप –समिति तथा कर्मचारी र सदस्यहरु गरि ३३ जनाको उपस्थिती रहेको सो कार्यक्रम पहिलो चरणमा प्रशिक्षणमा पश्चात प्रशिक्षकबाट सहजिकरण गर्दै कृषि तथा पशुपालन चक्र बारे जानकारी गरी विभिन्न जातका बख्रा, कुखुरा, गाई, माच्छा पालन, तरकारी खेती तथा बोट विरुवा आदिको प्रत्येक्ष अवलोकण गरी विभिन्न जिज्ञासाको निधान गरिएको थियो । सो कार्यक्रमा विशाक्त रहित उत्पादन, व्यवसायिक कृषि उत्पादन गरी अत्मनिर्भता गराउने, खेर जाने कृषि उपजको पुनः प्रयोग तथा कौशि खेति एवं करेसावारीमा समेत अर्गानिक उत्पादन गरी उपभोग गराउनु रहेको थियो ।

अवलोकन समापन कार्यक्रम संचालन संस्थाका प्रबन्धक नवराज सापकोटाले गर्नु भएको उक्त कार्यक्रममा वक्ताहरु क्रमशः उप–समिति संयोजक श्री रजिव श्रेष्ठ, र्फमका संचालक श्री शिव कृष्ण प्रजापती र अध्यक्ष नवराज के.सी. ज्यू बाट अवलोकन महत्व माथि प्रकाश पार्दै सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तै कार्यक्रम, व्यवसायिक तथा शिपमूलक तालिमहरु आयोजना गर्दै जाने योजना रहेको जानकारी दिनु भयो । अर्गानिक उत्पादनमा जोड दिदै वजारिकरणमा सहजिकरण गर्ने उद्घोष समेत फार्म संचालक बाट भएको थियो । अन्तमा सो कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउनु हुने उपस्थित सम्पूर्णमा एवं फार्म व्यवस्थापन प्रति धन्यवाद ज्ञापन गर्दै सो समापन समारोहका सभापति तथा संस्थाका आध्यक्ष ज्यू बाट र्फमका संचालकलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।